गायिका तृप्ती खड्काको बिल्कुलै नयाँ गीत “ढल्यो बरको रुख”ले सबैको मन जित्दै

नेपालगन्ज,चैत्र,०९-
चर्चित गीत “बैँसले मात्तिए” जस्ता थुप्रै गीतहरुमा आफ्नो सुमधुर स्वर दिसकेको गायिका तृप्ती खड्काको नयाँ लोकदोहोरी गीत”ढल्यो बरको रुख” बजारमा सार्वजनिक भएको छ।

सुन्दा निकै मनछुने गीतमा सन्तोष शर्माको शब्द , देवकी सिँहको लय अनि तृप्ती खड्का र रवि बिरहिको सुमधुर आवाज रहेको छ।

बिजि इन्टरटेन्टको प्रस्तुतिमा गायिका खड्का कै युटुव च्यानलबाट बजारमा आएको उक्त गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन , प्रकाश खड्काको छायांकन र मिलन बिकको सम्पादन रहेको छ।

(बिहानी अनलाईनको तर्फबाट गीतको सम्पुर्ण युनिटलाई सफलताको कामना गर्दछौँ।)