विश्वकप फुटबलमा तीन खेल: आज स्वीडेन र दक्षिण कोरिया भिड्ने

काठमाडौं,असार,४-

विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एफ को खेलमा स्वीडेन र दक्षिण कोरिया भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे नोभ्गोरोद रंगशालामा हुनेछ । राति पौने ९ बजे सोचीको ओलम्पिक रंगशालामा बेल्जियमले पानामासँग खेल्नेछ ।

एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायन जस्ता स्टार खेलाडीहरुले भरिएको बेल्जियमलाई रुस विश्वकपको उपाधि दावेदारको रुपमा हेरिएको छ ।

समुह जी कै अर्को खेलमा राति पौने १२ बजे इङ्ल्यान्डले ट्युनिसियाको सामना गर्नेछ । भोल्गोग्राद रंगशालामा हुने खेल इङ्ल्यान्डका लागि सहज भने हुने छैन ।

आज असार ४ गते हुने खेलहरुको समय तालीका
साँझ ५:४५, स्वीडेन र कोरिया गणतन्त्र, दक्षिण कोरिया, छैटौं समूह
साँझ ८:४५, बेल्जियम र पानामा, सातौं समूह
राति ११:४५, टिउनेसिया र बेलायत, सातौं समूह