शैलेन्द्रको पहिलो कोशेली पञ्चेबाजा गित जुर्याछ लगन सार्वजनीक

काठमाण्डौं,मंसिर,१-

नेपाली पञ्चेबाजामा आधारित गित “जुर्याछ लगन ” बोलको नयाँ गितको म्युजीक भिडीयो सार्वजनीक भएको छ । नेपाली समाजमा मंसिर लाग्ने बित्तीकै गाँउ घरमा घन्किने बाजा हो ‘पञ्चेबाजा ‘ यो बाजा पहिले पहिले गाँउ घरमा विबाह व्रत बन्धन जस्ता कार्यका बेला खुब सुन्न पाईन्थ्यो । तर पछिल्लो समय नेपाली पन्चे बाजाहरु लोप हुँदै गईरहेका बेला मंसिर लाग्ने बित्तीकै यस्ता बाजाले प्राथमीकता पाउन थाल्दछ । 

तिनै पन्चे बाजालाई संरक्षण र नेपाली साँस्कृतीलाई जगेर्ना गर्ने हितुले शैलेन्द्र भण्डारी सलु र दिलीप थापाको शब्द संकलनमा पहिलो कोशेली नयाँ “पञ्चेबाजा गित जुर्याछ लगन “ बोलको गितको म्युजीक भिडीयो सार्वजनीक भएको हो । उक्त गितमा प्रकास सपुत र पार्वती स्त्रीको स्वर रहेको छ, भने प्रकास सपुतको लय रहेको छ ।

दिपेन्द्र तिमील्सेनाको निर्देशन र करन चैसिरले छायाँकन गरेको भिडियोलाई पवन सिंखडाले सम्पादन गरेको उक्त गितमा अभिनय : प्रकास सपुत , पुजना स्त्री, शैलेन्द्र भण्डारी र विना कार्कीले गरेका छन् , भने सोही गितमा बेहुलामा ताराकान्त बि.क र बेहुलीमा पुजा बि.क ले अभिनय गरेका छन् । यो लगनको महिना सुरु भएकोले  गीतले धेरै दर्शक श्रोताहरुको मन जित्नेमा ढुक्क भएको कलाकारले बताएका छन् । 

( भिडीयो हेर्नुहोस )