लागुऔषध प्रयोगकर्ताको सङख्या बर्सेनी बढ्दै

काठमान्डौँ,असार,१२-
नेपालमा लागुऔषध प्रयोगकर्ताको सङख्या बर्सेनी बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्टिय दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको जानकारी दिइएको हो ।

गृह मन्त्रालयकाअनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या २०६९ सालमा ९१ हजार ५३४ थियो । २०६३ सालको तुलनामा यो झन्डै ४५ हजारले बढी हो ।

त्यस अवसरमा शहरी विकासमन्त्री प्रभु साहले लागुऔषध नियन्त्रणका लागि समाजका सबै पक्ष सक्रिय भएर लाग्नुपर्नेमा जोड दिदैं “लागुऔषध नियन्त्रण गर्ने कार्य गृह मन्त्रालय र सुरक्षा निकायबाट मात्र सम्भव छैन,

यसका लागि सबै लाग्नुपर्छ भन्नुभयो ।” उत्पादन र ओसारपसारलाई नियन्त्रण गर्नसकेमा मात्र लागुऔषध नियन्त्रण हुन सक्छ उहाँले भन्नुभयो ।

गृहसचिव लोकदर्शन रेग्मीले विश्वमा लागुऔषध प्रयोगका कारण ठूलाठूला घटना घटेको भन्दै यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले महत्वपूर्ण भूमिका खेलिरहेको समेत बताउनुभएको छ ।