बैतडीको झुलाघाट सीमा नाका ४ दिनका लागि बन्द

बैतडी,असार,१२-
स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमा नाका ४ दिनका लागि बन्द गरिएको छ ।

आज बिहान ७ बजेदेखि असार १५ गते बिहानसम्म सीमा नाकामा आवत जावत बन्द हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

असार १४ गते हुने चुनावको सुरक्षाका लागि सीमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सीमा नाकामा सिकिस्त बिरामी बाहेक अरुले आवातजावत गर्न नपाउने प्रमुख जिल्ला अधिकारी तुल्सिराम पौडेलले जानकारी दिनुभयो ।

सीमा नाकाबाट जानुपर्ने अत्यावश्यक काम भएमा जिल्ला प्रशासन कार्यलयको सिफारिस लिएर जान पनि पौडेलले आग्रह गर्नुभएको छ ।