एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं,चैत,१-नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज मंगलबार बस्दैछ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुनेछ ।निर्वाचनको तयारीकै लागि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारी छ ।

आजको सचिवालय बैठकमा यसै विषयमा छलफल हुनेछ । सोमबार बसेको पार्टी केन्द्रिय कार्यालयको बैठकले केन्द्रीय कमिटी बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो ।

एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ ।