उडान नेपालले शनिबार(भोलि) नेपालगन्जमा चित्रकला अभ्यास तालिम गराउँदै

नेपालगन्ज,चैत्र,२२-
उडान नेपालले शनिबार चित्रकला अभ्यास कार्यक्रम गर्ने भएको छ।

‘युवाहरुको नेतृत्व तथा व्यक्तितब बिकास,हाम्रो उद्देश्य’ भन्ने मुख्य नाराका साथ सामाजिक कार्यका लागि स्थापित संस्था उडान नेपालको आयोजनमा शनिबार चित्रकला कार्यक्रम हुन लागेको हो।

नेपालगन्ज स्थित स्वस्तिक कटेजमा १२ बजे देखि २ बजे सम्म उक्त चित्रकला अभ्यास कार्यक्रम सन्चालन हुने उडान नेपालका अध्यक्ष जनक थापाले जानकारी दिए।

उडान नेपालले स्थापन भएको एक महिना नहुँदै यस भन्दा अगाडि निशुल्क प्याड बनाउने तालिम र प्रतिभा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको र आगामी दिनहरुमा अझै फरक खालका कार्यक्रमहरु सन्चालन गर्ने अध्यक्ष थापाले बताए।

बिशेष गरि चित्रकलामा रुचि भएकाहरुको लागि लक्षित गरेर यो तालिमको आयोजना गर्न लागेको र तालिममा सहभागी हुनको लागि एक सय रुपैयाँ लाग्ने पनि अध्यक्ष थापाले जानकारी दिए।