आठौँ राष्ट्रिय प्रतियोगिताको प्रचार प्रसारमा लायन्स क्लव

बाँके,चैत्र,२१-
नेपालगन्जमा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन यहाँका सर्वसाधार स्वस्फूर्त रुपमा अगाडी सरेका छन् । प्रतियोगिताको प्रचार प्रसार, सरसफाई, भोजन, यातायात, स्वयमसेवक लगायतका काममा नेपालगन्जका सर्वसाधारण स्वस्फूर्त अगाडी सरेका छन् ।

लायन्स क्लव, डिष्ट्रिक्ट ३२५ वी टु ले प्रचार प्रसारमा सहयोग गर्ने भएको छ । नेपालगन्जमा हुने प्रतियोगितालाई भब्य र सभ्य रुपमा सफल बनाउने दायित्व लायन्सकर्मीको पनि भएकोले प्रचार प्रसारमा सहयोग गर्ने निर्णयमा पुगेको लायन्स क्लव ३२५ वी ट का पूर्व डिष्ट्रिक्ट गभर्नर मधुसुदन शर्माले बताए ।

 

 

उनले प्रतियोगितालाई सफल बनाउन हरेक बाँकेबासीले सहयोग गर्नुपर्ने बताउँदै उनले आयोजकलाई आवश्यक अन्य सहयोग गर्न तयार रहेको बताए । ‘नेपालगन्जमा हुने प्रतियोगिता राम्रो भए जस र नराम्रो भए अपजस हामीले लिनु पर्ने हुन्छ,’ उनले भने ।
लायन्स क्लव ३२५ वी टु का पूर्व डिष्ट्रिक्ट गभर्नर शेम शाक्यले नेपालगन्जमा हुने प्रतियोगिताको अफनत्व लिन नेपालगन्जबासीसँग आग्रह गरे ।

उनले सवैले आ–आफ्नो ठाउँबाट सहयोग गरेमात्र प्रतियोगितालाई भब्य र सभ्य बनाउन सकिने धारणा राखे । ‘प्रतियोगितालाई सफल बनाउन जसले जे सक्छ त्यहि सहयोग गर्नु पर्छ,’ उनले भने । उनले नेपालगन्जबासीले गरेर देखाउने बेला यहि भएको समेत औँल्याए ।
लायन्स क्लवले बाँकेबाट संचालन हुने र अन्यबाट बाँकेमा आउने यातायातका साधनमा आठौँ राष्ट्रिय प्रतियोगिताको स्टिकर टास्न सहयोग गर्ने शाक्यले बताए । उनले प्रचार प्रसार भएमात्र प्रतियोगितामा सहभागिता बढ्ने बताए ।

संस्थागत रुपमा लायन्स क्लव पहिलो भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए । उनले प्रतियोगिता नजिकिदै गएपछि सहयोग गर्नेको संख्या थपिदै गएको बताए ।

यसअघि नेपाल कवड्डी संघले पनि प्रचार प्रसारका लागि बाँकेका विभिन्न स्थानमा माइकिङ गर्ने प्रतिवद्धता जनाई सकेको छ । उसले आठौँ प्रतियोगिताको प्रचार प्रसार गर्न यहि चैत २५ गते बाँकेको विभिन्न स्थानमा पुगेर माइकिङ गर्ने अध्यक्ष डम्बर थापाले बताए ।

त्यस्तै ग्रिन नेपालगन्ज, क्लिन नेपालगन्जले दुई साता अघिदेखि नै नेपालगन्जमा सरसफाई अभियान थालेको छ । आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगन्ज पाहुना, खेलाडी, प्रशिक्षक, एम्पाएरलाई सफासुग्घर नेपालगन्जले स्वागत गर्न सरसफाई अभियान थालेको अभियन्ता हेमन्तराज काफ्लेले बताए

। उनले सफाई भएमात्र नेपालगन्जको इज्जत जोगिने भएकोले सरसफाई अभियान थालेको बताए ।