फिफा कन्फेडेरेसन कपमा जर्मजी र अष्ट्रेलिया भिड्दै

काठमाडौं, असार,५ –

रुसमा जारी फिफा कन्फेडेरेसन कप फुटबल अन्र्तगत आज जर्मजी र अष्ट्रेलियाबीच खेल हुने भएको छ । एसियन कप विजेता अष्ट्रेलियाले, आज विश्वकप विजेता जर्मनीको सामना गर्ने भएको हो ।

यसअघि गएराति सम्पन्न खेलमा चिलीले विजय सुरुआत गरेको छ । मस्कोमा भएको खेलमा चिलीले क्यामरुनलाई २– ० ले पराजित गर्दै विजय सुरुआत गरेको हो ।

चिलीलाई जित दिलाउन अर्टुरो भिडाल र एडुआडर भार्गासले समान एक एक गोल गरे । जितसँगै समूह बी मा चिलीले ३ अंक जोडेको छ ।