यू १९ विश्वकप : आज नेपाल र न्युजिल्याण्ड भिड्ने

न्युजिल्याण्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

काठामाडौं,माघ,७-आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ।

दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार आज दिउँसो पौने दुई बजे यो खेल सुरु हुनेछ। नेपालको समुह ‘डि’ मा न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान रहेका छन्।१९ वर्ष मुनिको विश्वकप क्रिकेटको यो १५ औं संस्करण हो।

यसपटक प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली ‘सुपर सिक्स’ मा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा हुनेछ । भारत यो प्रतियोगिताको साविक विजेता राष्ट्र हो ।

यसैविच :नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ।बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो।

समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ।नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ ।

सन् २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो ।

नेपालले आजको खेलमा विपिन रावल, दुर्गेश गुप्ता, विशाल विक्रम केसी र दीपक डुम्रेलाई भने बेन्चमा राखेको छ ।

नेपालले दुवै दीपक बोहरालाई न्युजिल्यान्डविरुद्ध मैदान उतारेको छ । एउटा दीपक बोहरा ओपनर तथा स्पिन अलराउन्डर हुन् । अर्का फिनिसर हुन् ।

नेपालले तीन स्पिनर खेलाएको छ । सुवाश, तिलक र दीपेश तीनै स्पिनर नेपालको प्लेइङ ११ मा छन् ।