जनसम्पर्क समिती क्यूस्यु फुकुओकाको क्षेत्रीय अधिवेशन हुने

क्षेत्रीय अधिवेशनका लागी भोली मनोनयन दर्ता गरिने

 मिलन मगर/

जापान,भाद्र,१-

जनसम्पर्क समिती क्यूस्यु फुकुओकाको क्षेत्रीय अधिवेशन हुने भएको छ । अधिवेशनको लागी उम्मेदवारी मनोनयन दर्ता अगष्ट १९ तारीखमा हुँदैछ ।

मनोनयन दर्ताका लागि  भोली किनयोबि (शुक्रबार )बिहान १० देखि १२ बजेसम्म समय तोकिएको छ ।मनोनयन दर्तासँगै चुनावी कार्यक्रम सुरु हुनेछ । 

जनसम्पर्क समिती क्यूस्यु फुकुओका जापान

मनोनयन दर्ताका बेला उम्मेदवारले उम्मेदवारी दिन खोजेको पदअनुसारको तोकिएको धरौटी रकम र आवश्यक केही कागजी प्रमाण बुझाउनुपर्ने हुन्छ । निर्वाचन समितीका अनुसार संयोजक पदको लागी २० हजार जापानी येन तोकिएको छ ।

अन्य क्रमश पद : उप -संयोजक : १० हजार जापानी येन, सचिब : ८ हजार जापानी येन ,सह-सचिब : ६ हजार जापानी येन ,कोषाअध्यक्ष : ६ हजार जापानी येन ,तथा सदस्यका लागि भने ५ हजार जापानी येन तोकिएको छ ।

यदि कोहि कसैले आफ्नो उम्मेदवारी फेरबदल गर्न चाहेमा निर्वाचन समिती समक्ष जानकारी दिई सोहि दिन १२ बजे देखि २ बजे सम्म उम्मेदवार फिर्ता गर्नुपर्नेछ ।

त्यसपछि उम्मेदवारीको अन्तीम नामावली सोहि दिन दिउँसो २ बजे प्रकाशन गरिने छ । निर्वाचन अगष्ट २६ तारिखका दिन बिहान १० बजे देखि २ बजे सम्म हुने जनसम्पर्क समिती क्यूस्यु फुकुओकाले जनाएको छ ।