दाङ जिल्ला उद्योग बाणिज्य संघमा भुषाल निर्वाचित

नरेश खड्का/

दाङ,साउन,३२-

दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्षमा नारायणप्रसाद भुषाल निर्वाचित भएका छन् । हिजो मतदान भई बुधबार सम्पन्न मतगनणा अनुसार भुषालले मुख्य प्रतिष्पर्धी मञ्जु बज्राचार्यलाई हराउदै भुषाल अध्यक्ष पदमा विजयी भएका हुन् ।

भुषालले नौँ सय ६४ मत ल्याएर विजयी भएका हुन् । यस्तै मञ्जु बज्राचार्यले छ सय ११ मत ल्याईन । दुई हजार ९२ ब्यबसयाी आबद्ध रहेकोमा एक हजार छ सय २८ जनाले मतदान गरेका थिए । यस्तै संघको उद्योग उपाध्यक्षमा बसन्त जोशी विजयी भएका छन् । जोशीले नौँ सय ४९ मत ल्याएर विजयी भए भने नारद पोखरेलले पाँच सय ७३ मत प्राप्त गरेर पराजित भएका छन् ।

त्यसैगरी बाणिज्य उपाध्यक्षमा टंकसिंह बुढाथोकीले आठ सय १५ मत ल्याएर विजयी भए भने एकराज खनालले सात सय ५५ मत प्राप्त गरे । त्यसैगरी संघको महासचिव पदमा नरेश कार्कीले सात सय ५९ मत ल्याएर विजयी भए भने अनिल आचार्यले सात सय ५५ मत प्राप्त गरे ।

त्यसैगरी संघको सचिवमा मायाकुमारी पोखरेलले आठ सय ५१ मत ल्याएर विजयी भए भने हरिप्रसाद पोखरेलले छ सय ६४ मत ल्याएका छन् । त्यसैगरी संघको कोषाध्यक्षमा सुशील पोखरेलले सात सय ७२ मत ल्याएर विजयी भए भने श्रीधर पोख्रेलले सात सय ४२ मत भए ।

यस्तै उद्योग सदस्यमा टंकप्रसाद पोखरेलले सात सय ८३ मत ल्याएर विजयी भए भने महिला सदस्यमा विन्दु दाहालले सात सय ५५ मत ल्याएर विजयी भए । यस्तै सदस्य पदमा महेन्द्र बुढाथोकीले सात सय ६४, रामप्रसाद पोखरेलले छ सय ९५, पिताम्बर शर्माले सात सय ५३, छविनारायण गिरीले छ सय ६४, धनपति शर्माले आठ सय ९ र मीनरान भाटले सात सय ११ मत ल्याएर विजयी भएको निर्बाचन अधिकृत रेबतीरमण भटराईले जानकारी दिए ।

प्राप्त मत अनुसार सयुक्त ब्यबसायीक प्यानलबाट अध्यक्ष र तीन सदस्य विजयी भएका छन् । त्यसैगरी प्रजातान्त्रिक ब्यबसायी संघबाट दुई उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र पाँच सदस्य विजयी भएका छन् ।