श्रीमान वडा अध्यक्ष, श्रीमती नगर उपप्रमुख

रुकुम,जेठ,४-
रुकुमको मुसिकोट नगरपालिकामा श्रीमान् श्रीमती दुबै विजयी भएका छन्। मुसिकोट नगरपालिकाको निर्वाचनमा श्रीमती प्रेमकुमारी सुनार केसी उपप्रमुखमा र उनका श्रीमान गोप्यश्वर केसी नगरपालिकाको वडा नम्बर १० बाट वडाध्यक्ष निर्वाचित भएका हुन्। प्रेमकुमारी र गोप्यश्वर दुबै नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हुन्। प्रेमकुमारीले नेपाली कांग्रेसकी निकटतम प्रतिद्वन्द्वी बालकुमारी गिरीलाई र गोप्यश्वरले प्रतिद्वन्द्वी नेकपा एमालेका कलसिंह सुनारलाई पराजित गरेका हुन्।