ब्रेकिंग न्यूज : नेपाल १० खेलाडीमा सिमीत

काठमाण्डौं,कार्तिक,११-साफ च्याम्पनसिपको सेमिफाईनल खेलमा नेपाल १० खेलाडीमा सिमीत बनेको छ।

नेपालका स्टाईकर रेखा पौडेलले दोहोरो पहेँलो कार्ड पाए पछि रेफ्रिले रेड कार्ड दिएको छ।

रेखाले रेड कार्ड पाए संगै घरेलू मैदानमा दर्शकले रेफ्री विरुद्ध चर्को रुपमा रेफ्री आउट भन्दै नारा लगाए पछि खेलको सुरक्षालाई मध्यनजर गर्दै खेल केही समयका लागी रोकिएको थियो। 

यो समाचार तयार पार्दा सम्म अहिले दोस्रो हाफको खेल पुनह: सुचारु भएको छ।