फत्तेपुरबाट विद्युत चोरी गर्ने १३ जना पक्राउ

बाँके,माघ ७-नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगजंले विद्युत चोरी गर्ने १३ जनालाई बिहिबार फत्तेपुर गाविसबाट नियन्त्रणमा लिएको छ । विद्युत चुहावट नियन्त्रण अभियान अन्तरगत खटिएको टोलीको अनुमती नलिएर विद्युत बाल्दै आएकलाई नियन्त्रणमा लिएको हो ।

विद्युत चोरी गर्नेहरुलाई विद्युतीय सामानसहित पक्राउ गरेर कारबाही गरिएको नेपाल विद्युत प्राधीकरण  नेपालगंज वितरण केन्द्रका प्रमुख उमेश कुमार झले बताउनुभयो । उनीहरुबाट कारबाही स्वरुप १ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

प्रमुख झाले दैनीक रुपमा अनुमान र कारबाहीलाई तिव्रता दिईएको जानकारी दिनुभयो । केहि महिनायता नेपालगंज वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानलाई तीब्रता दिएको छ । विद्युत चुहावट नियन्तण गर्न विद्युत कर्मचारी ,जनपथ प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको झाले बताउनुभयो ।