नेपालको उड्डयन क्षेत्रलाई अन्तराष्ट्रिय प्रतिस्पर्धी बनाइने

काठमाडौं,पुस,१५-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईले नेपालको उड्डयनको क्षेत्रमा उल्लेख्य परिर्वतन भएको भन्दै अन्तराष्ट्रिय प्रतिस्पर्धी बनाइने बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवको आज(मंगलबार) काठमाडौमा उद्घाटन गर्दै उनले नागरिक उड्डयनको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको बताउनु भएको हो ।

उड्डयनको विकासले विश्वलाई सानो गाउँमा परिणत गरेको भन्दै यसले विश्वका नागरिकबीच सम्बन्ध स्थापित गर्न सहयोग गरेको बताउनुभयो ।

उनले नेपालको हवाई क्षेत्र सुरक्षित हुदै गएको भन्दै यसलाई प्रभावकारी बनाउँदै लगिने बताउनुभयो  ।उड्डयनको क्षेत्रमा नयाँ प्रविधिको विकास आवश्यक रहेको भन्दै सरकारले उड्ययनको क्षेत्रलाई प्रभावकारी र विश्वसनीय बनाउने बताउनुभयो ।

सरकार र निजी क्षेत्रको सहकार्य र साझेदारीबाट मात्र सेवालाई प्रभावकारी बनाउन सकिने भन्दै सरकारले एक वर्षभित्र थप ३ वटा विमानस्थल सञ्चालनमा ल्याइने बताउनुभयो ।

उहाँले निजगढ बिमानस्थल पाँच वर्षभित्र सम्पन्न हुने पनि बताउनुभयो ।संगठानात्मक पुर्नसंरचनाको लागि सरकार कानुन बनाउने प्रकृयामा रहेको भन्दै सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपालका जहाजलाई अन्तर्राष्ट्रियस्तरमा उड्न सक्ने बनाउने चुनौती रहेको बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक राजन पोखरेलले नेपालको हवाई क्षेत्रमा उल्लेख्य प्रगति भएको भन्दै कार्यप्रगतिको बारेमा जानकारी दिएका थिए ।कार्यक्रममा उत्कृष्ट कर्मचारी र संस्थालाई सम्मानित गरिएको थियो ।