बर्दियामा कर्णाली नदीको तटबन्ध फुट्न थाल्यो

बाढी जुनसुकै बेला बस्तीमा पस्न सक्ने

फाईल तस्विर !!

बर्दिया,भदौ,६-बर्दियामा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेकोे तटबन्ध फुट्न थालेको छ ।राजापुर नगरपालीका–१ टिउनीमा नदी छेक्न बनाइएको बाँध धमाधम भत्कीन थालेको हो ।

तटबन्ध धमाधम भत्किन थालेपछि सर्वसाधारण चिन्तित बनेका छन् ।केही दिन यता परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीकोे बहाव उच्च भएकाले नदीले टिउनीघाट तटबन्धको २ सय मिटर लम्वाइमा ५० प्रतिशत भाग भत्किएको छ ।

क्षतिग्रस्त क्षेत्रको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले अनुगमन समेत गर्नुभएको थियो ।कर्णाली नदीको पानी जुनसुकै बेला बस्तीमा पस्न सक्ने र जोखिम उच्च रहेको भन्दै उहाँले राजापुर नगरपालीकाका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।

राजापुर नगरपालिका ३ तिघ्रामा एकसाता अघि बाँध भत्कीदा पानीले स्थानीयको जग्गा धमाधम काट्न थालेपछी नदी छेक्न उनीहरुले जनश्रमदान गर्न थालेका छन् ।ईमेजबाट