जापानका ७ प्रान्तमा आपतकालीन घोषणा गरिने “लकडाउन भने होईन”

जापान,चैत,२४-जापान सरकारले कोरोना भाईरसको प्रकोप अत्याधीक रुपमा बढेपछि टोकियो सहित अन्य ६ प्रान्तहरुमा मंगलवार बिहानबाट आपतकालिन अवस्था घोषणा गर्ने भएको छ । 

विज्ञहरु संग परामर्श गरेपछि प्रधानमन्त्री शिन्जो आबेले आपतकालीन घोषणा गर्ने अवस्था आएको बताउनुभयो ।उहाँले विज्ञहरु संग परामर्श गरेपछि यस्तो निर्णय लिएको जानकारी दिनुभयो । 

उहाँले आपतकालीन घोषणा टोकियो, कानगावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका प्रान्तलाई कम्तीमा एक महिना सम्मका लागी आपतकालीन घोषणा गर्न लागेको बताउनुभयो ।

आपककालीन घोषणाका बेला सर्वसाधारण जनतालाई अनावश्यक बाहिर ननिस्किन आग्रह गर्दै यो भाईरसलाई थप फैलीनबाट रोकथापका लागी सहयोग गर्न आग्रह गरेको छ । 

आपतकालीन घोषणा पछि प्रान्तीय सरकारले स्कूल,व्यवसायीक डिपार्टमेन्ट स्टोरहरू,सिनेमाघरहरू र अन्य स्थानहरूमा जहाँ धेरै मानिसहरू भेला हुन्छन्, त्यस्ता ठाँउमा बन्द गर्न सक्नेछ ।

यस्तो आपतकालीन समयमा जग्गा र भवनहरू अस्थायी चिकित्सा सुविधाहरूको निर्माणको लागि मालिकहरूको स्वीकृति बिना प्रयोग गर्न अधिकार दिइनेछ, भने अवस्था हेरेर कम्पनीहरूलाई मेडिकल आपूर्ति र उपकरणहरू पुर्‍याउन आदेश दिन सक्दछन्।

आपतकालीनको समयमा पुर्ण रुपमा आवत जावत गर्न यातायातका साधन तथा किनमेलका लागी कुनै समस्या पर्ने छैन् ।तर बन्द गर्नु परेमा प्रान्तीय सरकारले अवस्था हेरेर नियम लागु गर्न सक्नेछ । आपतकालीन समयमा भाईरस नियन्त्रणका लागी हरेक क्षेत्रमा निगरानीलाई भने कडा बनाउनेछ ।

हाल जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण सोमबार सम्म १ सय ४ जनाको मृत्यु भएको छ, भने कोरोना भाईरस संक्रमितको संख्या ४ हजार ५ सय ६० जना पुगेको छ।