विज्ञापन प्राधिकरण समिति गठन आवश्यक ः केसी

प्रेम बहादुर राम्जा
घोराही,जेठ,३१-
न्युनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीले विज्ञापन प्राधिकरण समिति आवश्यकता रहेको बताउनुभएको छ । दाङको घोराहीमा भएको प्रदेश नम्बर पाँचमा श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा बोल्दै संयोजक केसीले यस्तो बताउनुभएको हो ।

सरकारी तथा निजीक्षेत्रको विज्ञापनहरुको समान वितरणका लागि विज्ञापन प्राधिकरण समिति गठन गर्न आवश्यकता रहेको संयोजक केसीले बताउनुभएको हो ।

आवश्यकता भन्दाबढी सञ्चारगृह स्थापना भएकोले टिकाउन र पत्रकारलाई तलव भत्ताका लागि यस्तो समिति आवश्यक रहेको दावी गर्नुभएको हो । नेपाल पत्रकार महासंघ दाङ र न्युनतम पारिश्रमिक निर्धारण समितिले घोराहीमा छलफल कार्यक्रम गरेका थिए ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले पत्रकारहरुले न्यनतम पारिश्रमिक पनि पाउन नसकेको बताएका थिए । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा संयोजक केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।