असार १४ मै ४ वटै प्रदेशमा चुनाव गर्न सकिने गृहमन्त्रालयको निश्कर्ष

२७० जना भन्दा बढीको जुलुस कतै नदेखिएको रिपोर्ट गृहमा पुग्यो

काठमाडौं  ,जेठ,३१-

चुनाव बहिस्कारका लागि आन्दोलन घोषणा गरेको राजपाको दुई दिने कार्यक्रम हेरिसकेपछि गृहमन्त्रालयका अधिकारीहरु आगामी असार १४ गते ४ वटै प्रदेशमा चुनाव गर्न सकिने निश्कर्षमा पुगेका छन् ।

‘राजापाले गर्ने शक्ति प्रदर्शनमा जनसहभागिता कस्तो हुन्छ भनेर हामीले दुई दिनसम्म हेर्‍यौं,’ गृहमन्त्रालयका एक अधिकारीलेका अनुसार कतिपय जिल्लामा टायर बाल्ने र गाडी तोडफोड गर्ने घटनाहरु भए पनि त्यसमा एक/दुईभन्दा बढी मानिसको सहभागिता देखिएन ।’

राजापाले के कति शक्ति देखाउँदोरहेछ भन्ने स्थानीय प्रशासनले नरम भएर हरेको र कुनै अवरोध नगरेको भए पनि दुई दिनको घटना आँकलन गदार्न राजपाको प्रदर्शन सरकारको नियन्त्रभन्दा बाहिर नरहेको गृहको ठहर छ ।

गृहमन्त्रालयको एक उच्च स्रोतले  भन्यो- ‘गृहमन्त्रीज्यूले स्थानीय सुरक्षा अधिकारीहरुलाई राजपाको प्रदर्शनमा कुनै पनि बल प्रयोग नगर्नै निर्देशन दिनुभएको थियो, त्यही कारण प्रहरीले संयमता अपनाएको हो ।’

तर, स्थानीय प्रशासनले राजापाले कुन जिल्लामा कति मानिसहरु सडकमा उतार्‍यो भन्ने विवरण संकलन गरेर गृहमन्त्रालयमा बि्रफिङ गराएको छ । यसक्रममा २७० जना भन्दा बढीको जुलुस कतै नदेखिएको रिपोर्ट गृहमा पुगेको छ ।

दुई दिनसम्म राजपाको शक्ति हेरिसकेपछि सुरक्षा अधिकारीहरु असार १४ मा सबै प्रदेशमा चुनाव गर्न सकिने निश्कर्षमा पुगेका छन् ।

गृहमन्त्रालय स्रोतले भन्यो- ‘सरकारले सुरक्षामा विशेष ख्याल गर्नुपर्ने भनेको मनोनयन दर्ताका दिनमा र मतदान गर्ने दिन हो, त्यसका लागि सुरक्षाकर्मीहरु सक्षम छन् । आम जनता चुनावको पक्षमा रहेकाले सीमति मानिसहरुले अवरोध गर्न खोज्दैमा त्यो सम्भव छैन ।’

बुधबार र विहीबार सरकारले खुकुलो छाडिदिँदा पनि राजापाको पक्षमा जनसहभागिता नदेखिएको मन्त्रालय स्रोतको दाबी छ । अनलाईनखबरबाट