बाँकेमा फोरम वडाध्यक्ष सहितको प्यानल काँग्रेसमा प्रवेश

बाँके, असार,७-

संघिय समाजबादी फोरमबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष सहितको ५ जनाको प्यानल आज नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रबेश गर्नेहरुमा संघिय समाजबादी फोरमबाट वडा नं १२ का वडा अध्यक्ष पदका उम्मेदवार फरहान हुसेन खाँन , वडा सदस्यका उम्मेदवार महिला सदस्य मुन्नी देवी बर्मा , सदस्य किस्मतुल खाँ, डेढराम अहिर र समशुल भङगी सहितका आफ्नो पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुसंगै वडा नं ९ बाट एमाले समर्थक गोपाल थापा लगायत दर्जन बढि नेपाली काङग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाइ नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा. आरजु देउवा , नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, नेपाल महिला संघका केन्द्रिय सदस्य मञ्जु खाँड , नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका प्रचार प्रसार संयोजक सुरेन्द्र हमाल , मेयर उम्मेदवार डा.सुरेश कुमार कानोडिया लगायतले नेपाली काँग्रेसको रुख चिन्ह अंकित गम्छा ओडाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

पार्टी प्रवेशमा बोल्दै संघिय समाजबादी फोरमबाट वडा नं १२ का वडा अध्यक्ष पदका उम्मेदवार फरहान हुसेन खाँनले नेपाली काँग्रेसको निति र सिद्धान्त आफूलाइ मन परेकाले नेपाली काँग्रेसमा प्रवेश गरेको बताउनुभयो । लामो समय मद्येसबादी दलमा लागे तर त्यसले निति अनुरुपको काम नगरेकाले पार्टी परित्याग गरेको बताउनुभयो ।

बुझ्दै जाँदा पुरानो र जनताको पार्टी काँग्रेस बाहेक अरु नदेखेकाले अब आजिवन काँग्रेसमै लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यस्तै बैजनाथ गाउँपालिकामा विभीन्न पार्टीका एक सय भन्दा बढि कार्यकर्ताहरु नेपाली काङग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काङग्रेशको विचार तथा सिद्धान्त मन पराएर आउनेलाई स्वागत गर्दै खादा ओढाएर पार्टी प्रबेश गराइएको बैजनाथ गाउँपालकिाका प्रमुख पदका उम्मेदवार देव बहादुर खत्रीले बताउनुभयो । वडा नं ८ मा स्थित पेडारीमा भएको बृहत कार्यक्रममा हजारौ कार्यकर्ताको उपस्थिती रहेको थियो ।