नेपालगंजलाई होटलको हप गराउन सकिन्छः उमा ग्रन्डन

मधुपौडेल

बाँके,असार,७-
नेपालगंजलाई होटलको हप बनाउन सकिने होटल तिरुपतिका सञ्चालक तथा होटल व्यवसायी संघ बाँकेका वरिष्ट उपाध्यक्ष उमा ग्रन्डनले एक अन्तरक्रियामा बताउनु भएको छ ।

होटल तिरुपति पहिलाको स्थानबाट नयाँ स्थानमा सारीए संग गरीएको एक अन्तक्रिया मा वरिष्ट उपाध्यक्ष ग्रन्डनले काठमाडौ पछिको होटलको विकासमा नेपालगंज दोस्रो स्थानमा रहेको हुदाँ सानो प्रयासमा पनि नेपालगंजलाई होटलको धनी शहरको रुपमा विकासित गर्ने बताउनु भएको छ ।

आफु महिला भए पनि आफ्नो व्यवहारले सबै होटलमा आउने पाउ“ने पाउनेहरुलाई सरल र सहज वातावरण दिने गरेको हुदाँ होटल व्यवसायीको महत्वपुर्ण गुण भनेको सफा तथा स्वथ्य खानाको साथमा घरेलु वातावरण भएको बताउनु भएको छ ।

वरिष्ट उपाध्यक्ष ग्रन्डनले आफ्नो होटलेको प्रसन्न गर्दै आफुले होटल तिरुपति खोलेको धेरै भएको र आफुले दिने गरेको सेवा सुविधामा कमि हुन नदिने उदेश्यले खोलीएको हुदाँ सबैले होटल तिरुपतिलाई आफ्ना ठान्नु पर्ने बताउनु भयो ।

होटलको समस्याको रुपमा बताउदै अझै पनि होटलहरुमा कर्मचारीको अभाव हुने गरेको वरिष्ट उपध्याक्ष ग्रन्डनले बताउनु भयो । हाल नयाँ स्थानमा न्युरोड दुईको कृषि विकास बैकको ठिक अगाडि रहेको छ ।