नेपालगञ्ज उपमहानगरपालिकाले गरेको वडा भेलामा स्थानीयको उत्साहजनक सहभागिता

नेपालगञ्ज,पुस ९-नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत् आज २८ वडामा एक साथ सञ्चालित वडा भेलामा स्थानीयको उत्साहजनक सहभागितासँगै करिव एक हजार पाँच सय योजना छनौट गरिएका छन् । आगामी आर्थिक वर्ष ०७४÷०७५ को वडास्तरको समग्र योजना छनौटका लागि एकै समयमा वडा भेला गरिएका हुन् ।

सवै वडा भेलामा गरि करिव ३ हजारको प्रत्यक्ष सहभागिता रहेको र एक हजार पाँचसय बढी विभिन्न योजनाहरु आएको उपमहानगरपालिकाले जनाएको छ ।भेलाबाट विशेषतः प्राथमिकताका आधारमा विकास निर्माण, लक्षित वर्ग, महिला, बालबालिका लगायतमा योजना छनौट गरिएका छन् ।वडा भेलालाई विकास निर्माण लगायत समग्र योजना छनौटको महत्वपूर्ण प्रक्रियाका रुपमा हेरिने गरिन्छ ।

सवै वडामा आज वडा भेला सहज, शान्त, सौहार्दपूर्ण रुपमा सम्पन्न भएको उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले जानकारी दिनुभयो । जनसंख्या, भुगोल र विकासको स्तर लगायतलाई आधार मानेर एक वडालाई १३ देखि ६६ लाखसम्मको वजेट सिलिंग गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको सरसफाई प्रति आम नागरिकको जागरुकता बढ्दै गएको छ ।