नेपालगन्जमा सरसफाई कार्यक्रममा स्थानीयबासी, व्यापारीलगायतको सहभागिता बढ्दै

बाँके,पुस ९-प्रत्येक शनिवार विहान सवैको स्वःस्फुर्त सहभागितामा नेपालगन्जमा सरसफाई कार्यक्रम हुंदै आएको छ । उक्त अभियानमा स्थानीयबासी, व्यापारीलगायतको सहभागिता बढ्दै गएको उपमहानगरपालिकाका कार्यकारी प्रमुख गिरीराज ज्ञवालीले वताउनुभयो ।

आज विहान नेपालगन्जको त्रिवेणी मोड र न्युरोड क्षेत्रमा सरसफाई गरिएको छ । कार्यक्रममा काठमाण्डौं वाग्मती सरसफाईका अभियान्ता डाक्टर लक्ष्मी पौडेलले सवैको सहयोग तथा सहकार्यमा वाग्मतीको सरसफाई गरिए जस्तै नेपालगन्ज नगरको पनि सरसफाईमा हुने वताउनुभयो ।