अन्तरक्रिया तथा अनुगम कार्यक्रम आज नेपालगंजमा सम्पन्न

मधु पौडेल
बाँके,पुस ९-गरिव निवारण कोषकार्यक्रम गाविस सचिव ,पत्रकारसंग स्थानिय सेवा प्रदायक संयुक्त अनुशिक्षण तथा अन्तरक्रिया तथा अनुगम कार्यक्रम आज नेपालगंजमा  सम्पन्न भएको छ । गरिवी निवारण कोष काठमाडौ तथा आयोजक स्थानिय विकास कोष तथा समर्पण नेपाल ,नेपालगंज र गरवी निवारण कोष ले गरेको कार्यक्रयको सभापतित्व जिल्ला विकास समिति बाके प्रमुख हरि प्याकुरेल गनु भएको थियो भने  प्रमुख अतिथिको रुपमा जिल्ला प्रशासन कार्यलयका प्रमुख रविलाल पन्त रहनु भएको थियो ।

rabilal panth in programmeकार्यक्रममा गरिवी निवारण कोषको तर्फबाट पाण्डव डागीले प्रगति विवरण प्रस्तुत गनु भएको थियो भने गरीवी निवारणकोषको जिल्ला इकाई कार्यलय बाकेको तर्फ बाट कार्य प्रवन्धक रिता सुवेदी र समर्पण नेपालको तर्फ बाट नगेन्द्र शाही र चन्द्र प्रसाद तिमिल्सेना ले आफ्नो प्रतिबेतन प्रस्तुत गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा जिविसका का कार्यक्रम संयोजक अधिकृत शरद कुमार पौडेल ,अधिकृत मिन बहादुर मल्ल तथा इन्जिनियर कमल अधिकारी, जिल्ला प्रहरी बाके प्रमुख टेक प्रसाद राई लगाएतले बोल्नु भएको थियो ।

गरिवी निवारण कार्यक्रमका सुयलाल वर्मा ले सहजीकरण गर्नु भएको कार्यक्रममा जिविसका कार्यक्रम अधिकृत शरद कुमार पौडेल ले स्वागत मन्तव्य गर्नु भएको थियो ।गरिव निवारण कोष कार्यक्रम बैजापुर,विनौना ,गंगापुर ,मटेहिया ,महादेवपुरी ,उढरापुर र बनकटी गाविसमा लागु भएको छ । उक्त अन्तरक्रिया तथा अनुगमन कार्यक्रम महादेवपुरको एउटा योजनाको अनुगमन गरीएको थियो ।