वाड न ३ को वाड भेला सम्पन्न

मधु पौडेल
बाँके,पुस ९-नेपालगंज उपमहानगरपालिका को वाड न ३ को वडा भेला सम्पन्न भएको छ ।प्रत्येक वर्ष नेपालगंजका विभिन्न  वडामा वार्षिक योजना तर्जुमा लागि वडा भेला हुने गर्दछ जसमा वडा वसीहरुले आफ्नो वडा हुने वा गरीने विकास निर्माणका साथै लक्षितवर्ग, महिला तथा बालबालिका का लागि भेला भै योजना तर्जुमा गर्ने गर्दछन ।

15683097_769335039899531_1679128874_nगत वर्ष देखी नेपालगंज उपमहानगरपालिकाका १ देखी २८ सम्मका वडाहरुमा एकै दिन एकै समयमा आआफ्ना वडाहरुमा वडा भेला गरी योजना छनोट गरी प्रथामिकीकरण गर्दै आएका छन ।योजना तर्जुमा का लागि वडा न ३ ले पनि भेला सम्पन्न गरेको छ ।

15730825_769335276566174_2095822389_nवडामा रहेका स्थानिय बुद्धिजिवि ,राजनितिक दलका प्रतिनिधि ,पत्रकार ,कानुन व्यवसीय, वडा नागरिक मंचका पदाधिकारी ,शहरी स्वाथ्य  क्लिनिक का पदाधिकारी , समुदायिक प्रहरी , वडा सचिव चन्द्र कुमार गोडिया लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजिकरण वडा न ३ का समाजिक परिचालक दिपा उपाध्ययाले गर्नु भएको थियो ।