आज बाँके प्याब्सनको १३ औं अधिवेशन हुदैं

बाँके,पुस ११- केद्रिय अध्यक्ष लक्ष्य बहादुर केसी उपाध्यक्ष निर्मल उपाध्याय महासचिव डिके ढुँगाना सहितको ठुलो टोली नेपालगंज आईपुको छ । यो आगमनले पनि बाँके प्यब्सन प्रतीको आर्कषण र महत्व प्रष्ट पार्छ । केन्द्रिय पदाधिकारीहरुसंगै रहेका इश्वर पोखरेलले भन्नुभयो हामी सर्वसम्मत र सक्षम नेतृत्व चयनका लागि पहल गरिरहेका छौं । अध्यक्ष जिसीले दाबेदारहरु बीच आपसी समझदारीबाट आगामी नेतृत्व चयन प्रक्रिायाका लागि कसरत चलीरहेको जानकारी दिदै भन्नुभयो ।

करोडौंको लगानी सुरक्षका लागि पनि प्याब्सनले दरिलो नेतृत्वको दाबेदार गरिरहेका प्याब्सन बाकेका कोषध्यक्ष यम रावतले सर्वसम्मत नेतृत्व चयन हुनेमा आफु आशावादी रहेको प्रतीक्रिया दिनुभयो ।तामाम चुनौती बीच प्यव्सनको आगामी दिन संघर्षपुर्ण ढंगले अगाडी बढ्छु कोषध्यक्ष रावतले आफ्नो दाबेदारी स्वभावीक रहेपनि साझा मुद्दामा नेतृत्व चयन पनि सर्वसम्मत ढगंले हुने कुरामा आफु बाधक नरहेको बताउनुभयो । सकभर सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ रावले भन्नुभयो । अगामी नेतृत्वका लागि डा.राजेश केशर खनाल यम रावल र  अन्नपुर्ण सिंह,दाबेदार छन् ।

दाबेदारहरु बीचबाटै पदाधीकारी चयन गरेर प्रभावकारी कार्यसमिति बनाउन केन्द्रिय नेतृत्वले समेत पहल गरिरहेको सम्बद्धको भनाई छ । ७७ सदस्य विद्यालय संगठित प्याब्सन बाँकेको झण्डै ३५ हजार विद्यार्थीलाई गुणस्तरिय शिक्षा र ३ हजार बढी शिक्षक कर्मचारीलाई  प्रत्यक्ष रोजगारी दिईरहेका अध्यक्ष जसीले जानकारी दिनुभयो । तैपनि राज्यको व्यवहार हामीप्रती अनुकुल छैन । जिसीले भन्नुभयो जसका कारण लगानीको सुरक्षा सुनिश्चीत हँदा थप लगानी गर्न हिचकिचाउनुपर्ने अवस्था विद्यमान छ ।