बिद्यत चोरी गर्ने २ सय ६५ जना पक्राउ

बाँके,फागुन ६-नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले चालु आर्थीक वर्षको साउन महिना यता बिद्युत चोरीमा संलग्न रहेको आरोपमा २ सय ६५ जनालाई कारबाही गरेको छ । रातको समयमा हुक गरेर बिद्युत चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि कारबाही गरिएको प्राधीकरणले जनाएको छ ।

चोरीमा संलग्न व्यक्तीबाट ३२ लाख ९० हजार ४ सय ५३ रुपैँया असुल गरिएको वितरण केन्द्रका ईन्जिनीयर बिमलप्रसाद साहले बताउनुभयो । बिहिबार मात्र प्रात्रिकरणको अनुगमन टोलीले बाँकेको सोनपुर,उढारपुर र ईन्द्रपुरमा बिद्युत चोरी गरिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तीबाट १ लाख ३० हजार रुपैया राजस्व असुल गरिरहेको प्राधिकरणले जनाएको छ ।