नेपालगंजमा मासु खुलेआम बिक्री : अधिकांश मासु पसल मापदण्ड विपरित

बाँके,फागुन ६- नेपालगंजमा ठुलो मात्रामा बिक्री गर्न राखेको कुहिएको बंगुरको मासु बरामद गरिएको छ । सेतु विक चोक नजिक रहेको भेरी मासु सेन्टरमा दुइृ वटा डि फ्रिजमा लामो समयदेखि लुकाएर राखिएको दुई क्वीन्टल ३० किलो तौल बराबरको कुहिएको मासु संयुक्त अनुगमन टोलीले बिहिबार बरामद गरेको हो ।

पसल सञ्चालकले एक महिना देखिको मासु फ्रिजमा राखेर बिक्रि गर्दै गरेको अवस्थामा फेला पारिएको थियो । बरामद गरिएको मासुलाई जिल्ल पशु सेवा कार्यालय बाँके परिसरमा नष्ट गरिएको छ । सेतु बिक चोक नजिक बिना दर्ता सञ्चालनमा रहेको अर्को पसलले पनि खसी भनेर उपभोक्तलाई बाख्राको मासु विक्री गरिरहेको अवस्थामा फेला परेपछि टोलीले कारबाही गरेको छ ।

अनुगमन टोलीले उक्त पसलबाट ४ किलो २ सय ग्राम बाख्राको मासु तथा मासु काट्ने सामान बरामद गरेको छ । सेतु बिक चोक नजिक रहेको न्यु फ्रेस हाउसमा राखिएको फ्रिजभित्र पनि केही मासु कुहिएको भेटिएको संयुक्त बजार अनुगमन टोलीले संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले जानकारी दिुनभयो ।

एका बिहानै गरिएको अनुगमनमा फुलटेक्रमा रहेको गोविन्द दाना सप्लायर्सले अनुमती बिना कुखुराको मासु विक्री गरेको बिरामी र मरेको कुखुरा काटेर बिक्री गरेको अनुगमन समितिले फेला पारेको थियो । टालीले मरेका कुखुरा बरामद गरी आवश्यक कारबाहिका लागि पसल संञ्चालक गोबिन्द पुनलाई हाजिर हुन निर्देशन दिएको छ ।

फुलटेक्रा  मै रहेको बरकत फ्रेस हाउसले पनि बिना अनुमती मासु पसल स१चालन गरि बिरामी र प्रतीबन्धीत भारतीय कुखुरा बिक्री गरेको आशंकामा ३ वटा कुखुरा बरामद गरी नष्ट गरिएको छ । अधिकांश मासु पसलहरु दर्ता नगरी सञ्चालनमा रहेको पाईएको जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख डाक्टर बेदबहादुर केसीले जानकारी दिनुयभो ।