पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण

फाईल तस्विर !!

काठमाडौं,कात्तिक,८-पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

भट्टराईले समाजिक सञ्जालमार्फत आफू र उहाॅंको श्रीमति पूर्वमन्त्री  हिसिला यमीलाई कोरोना संक्रमण भएको बताउनुभएको छ ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले आफूहरूलाई कोरोना भाइरसको संक्रमण भएको बताउनुभयो । उनीहरुको स्वाब शुक्रवार परीक्षण गरिएको थियो। 

उहाॅंले केही समययता सम्पर्कमा रहेका सवैलाई सतर्कता अपनाउन आग्रह गर्नु भएको छ । पूर्वप्रधानमन्त्री भट्टराई  केहि साता पार्टीका सार्वजनिक कार्यक्रममा सहभागी हुनु भएको थियो ।

उहाॅंले भन्नु भएको छ, ‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आईसोलेशनमा नै रहनेछौं, केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।’