मालिका प्राविको परीक्षा अखिल क्रान्तिकारीद्धारा कब्जा

जंग रेउले,

घोराही, माघ ,१०-विप्लव नेतृत्व नेकपा माओवादी) अलिख क्रान्तिकारी दाङले मालिका प्रा.वि.को इक्जाम कब्जा गरेको छ । क्रान्तिकारीले विद्यालयको नियम विपरित सोमबार घोराहीस्थित रझेना स्कुलमा हुन लागेको परीक्षा आफ्नो हातमा लिइएको अखिल क्रान्तिकारी दाङ जिल्ला संयोजक मदन केसीको हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मालिका स्कुलले शिक्षक छनोटको प्रक्रियाका लागि रझेना स्कुलमा परीक्षा गराउँन लाग्दा क्रान्तिकारीले कब्जा गरेको थियो । विद्यालयको शिक्षक छनोटको विषयमा ठुलो विवाद रहेको तथा शिक्षक छनौटको विषयमा अख्तियारमा मुद्धा समेत लागेको र विद्यालयमा केही व्यक्तिले आफ्नो मानिसलाई शिक्षकमा नियुक्ती गर्नका लागि परीक्षा गराउँन लागेको विज्ञप्तीमा उल्लेख गरिएको उल्लेख गरिएको छ ।