सुदुरपश्चिममा माघ १५ देखि नियमीत प्याराग्लाईडिङ्ग संचालन हुदै

प्याराग्लाईडिङ्गका लागि टिकट बुकिङ खुल्ला

बुडर डोटी,माघ,११-प्रदेश नं.७ सुदुरपश्चिममा यहि माघ १५ गते (बिहिबार) देखि प्याराग्लाइडिङ पुनह:नियमीत रुपमा सञ्चालन हुने भएको छ।

छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र स्काईलाई प्रा.लि को संयुक्त सहकार्यमा निरन्तर प्याराग्लाईडिङ्ग संचालन हुने भएको हो । 

प्याराग्लाईडिङ्ग निरन्तर संचालन हुने भएपछि टिकट बुकिङ खुल्ला गरिएको छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समितिका अध्यक्ष भरत कुवंरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो ।

अध्यक्ष कुवंरले प्याराग्लाईडिङ्गले यस सुदुरपश्चिमको पर्यटन विकासमा टेवा पुर्याउने बताउदै ईच्छुक सबैमा सहभागी हुन  हार्दिक निमन्त्रणा गर्नु भएको छ ।

प्याराग्लाईडिङ्ग डोटी जिल्लाको जोरायल गांउपालीका २ छत्तिवन को रुपसकांडा गांउ स्थित भगत डांडाको भ्यु पैन्ट देखि छतिवन ताल, बुडर बजार र बिछलमा अवतरण हुने गरि असोज २६ गते सोमबारबाट प्याराग्लाइडिङ संचालनमा ल्याईएको थियो ।