काठमाडौं,बैशाख,३०-नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ ।
तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु बहुमत जुटाउन प्रयासरत छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको प्रयासमा छन् । तर बहुमत नपुग्दा समस्या देखिएको छ ।
‘काम चलाउ’ प्रधानमन्त्री ओली विपक्षी दललाई ‘बहुमत पु–याउन नदिन अधिकतम प्रयास गरिरहनुभएको आरोप विपक्षी दलहरुको छ ।
कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूहको समर्थन छ ।
जसपा अध्यक्ष महेन्द्र ठाकुर पक्षले ठाकुरले ‘नयाँ सरकार’ गठनमा सहभागी नहुने सार्वजनिक अभिव्यक्ति दिएपछि बहुमत जुटाउन समस्या भएको हा ।
ठाकुर पक्षले कांग्रेस नेतृत्वको सरकारलाई साथ नदिए पनि एमालेभित्रको माधव–झलनाथ समूहको साथ रहे कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने पक्का छ ।
नेपाल समूहका सांसदहरुले राजीनामा दिनसक्ने चर्चा छ । धारा ७६ (२)अनुसार सरकार गठन नभएमा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री नियुक्त हुनुहुनेछ ।