बाँकेको मटेहियामा उत्पन्न अनपेक्षित तनावपछि आज नेपालगंजमा सद्भाव र्याली निकालीदै

बाँके,मंसिर २९ –बाँकेको मटेहियामा उत्पन्न अनपेक्षित तनावपछि आज नेपालगंजमा सद्भावप्रती चिन्ता व्यक्त गरिएको छ । मटेहिया घटनापछि मंगलबार नेपालगंजमा स्थानीय प्रशासन,विभिन्न संघ संस्था,राजनीतीक दलले सामाजीक सद्भाव खल्बलीन नदिन आग्रह गरेका छन् । उनीहरुले मिलेर बसेको समुदायमा खल्बलाउन खोज्नेहरुलाई कानुनी कारवाहिको दायरामा ल्याउन माग गरेका छन् । समाजीक सदभाव कायम राख्ने उद्देश्यले मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा सद्भाव बैठक समेत बसेको थियो । धर्मगुरु,बाँके क्षेत्र नं.२ का सांसद राजनीतीक दलका प्रतीनिधी दलका प्रतीनीधी सुरक्षा अधिकारीहरु सहभागी बैठकले तनावलाई थप बढ्न नदिन सबै पक्षहरलाई अनुरोध गरेको छ ।

सद्धाव बैठकले मृतक परिवारलाई क्षतीपूर्ती दिनलाउन गृह मन्त्रालयमा अनुरोध गर्ने निणर्य अनुरुप काम अगाडी बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले जानकारी दिनुभयो ।उहाँले दोषिहरुलाई कारवाहीका लागि सुरक्षकर्मी परिचालन गरिएको छ । नेपालगंजका समाजीक सद्भाव कायम राख्न स्थानीय शान्ती समितिले आज सद्भाव र्यालीको आयोजन ागर्ने भएको छ । समितिले एक प्रेस विज्ञप्ती प्रकाशन गरी बाँकेमा उच्च सुरक्षा सतर्कता अपनाउन प्रशासन संग माग समेत गरेको छ । त्यस्तै घटनालाई लिएर शान्ती सुव्यवस्था कायम गर्न  र दोषीमाथी कारवाहिको माग गर्दै एमाले बाँके सचिव रत्न खत्री,स्थानीय शान्ती समिति,हिन्दु धर्म गुरु महन्थ चन्दननाथ योगी,ईस्लाम धर्म गुरु मौलाना अब्दुल जब्बर मञ्जरी,सद्भाव पार्टी बाँकेका अध्यक्ष लक्ष्मी नारायण बर्माले विज्ञप्ति समेत निकालेका छन् ।