नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

काठमाडौं,असोज,२६-

नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् ।चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका हुन् ।

त्यसक्रममा नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अपर्ण गरेको थियो ।उनको विदाइका क्रममा विमानस्थलमा विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीसमेत प्रस्तुत गरिएको थियो ।राष्ट्रपति सीको सम्मानमा उनको सवारी रुटहरुमा पनि सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो ।

त्यसअघि राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधमण्डलसँग द्धिपक्षीय वार्ता गरेको थियो ।द्धिपक्षीय वार्ता सकिएपछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच केहीबेर एक्ला–एक्लै वार्ता भएको थियो ।