कालीका सेस्यूरिटीजको नेपालगंजमा शाखा विस्तार, धितोपत्र खरिद विक्री सेवा शुरु

रञ्जीता ढकाल थापा,

बाँके,चैत्र १३-
कालीका सेस्यूरिटीज प्रा.ली ले आज देखी नेपालगंजमा शाखा स्थापना गरेको छ । कालीका सेस्यूरिटीज प्रा.ली ले शाखा स्थापना गरे संगै सुदुपश्चिम र मध्यपश्चिमका उद्योगी,व्यापारी,व्यवसायी,तथा सर्वसाधारण सबै उत्साहित भएका छन् । आज देखि नेपालगंज शाखाबाट शेयर खरिद तथा बिक्री सेवा शुरु गरिएको छ ।

धितोपत्रको दोश्रो बजारमा हुने कारोबार अब देखि नेपालगंजबाट नै प्रत्यक्ष रुपमा गर्न सकिने छ । व्यवसायीले शेयर, खरिद विक्री सेवा प्रदान गर्नको लागि भने नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट कम्पनीहरुले सुविकृत लिए मात्र शेयर, खरिद तथा विक्री गर्न पाउने छ ।

धितोपत्र व्यवसायीको वषौ देखिको माग नेपाल सरकार बाट पारित पुँजी बजार सम्बन्धी रणनिती योजना लगानीकर्ताको माग र प्रविधिमा भएको परिवर्तलने कारोबारमा आएको सहजता,धितो बोर्डको बजार विस्तार र विकास प्रती आक्रमक कार्ययोजना नेपाल स्टक एक्सचेन्ज लिमिटेडको बजार विकास र विस्तार गर्ने कार्य निरन्तर प्रयास पछि आज सफल भएको हो । वि.स २०५० सालमा धितोपत्र विनीमय नेप्सेको स्थापना भए संगै शेयर खरिद विक्रीको कारोबार काठमाण्डौंमा मात्र सिमित रहेको थियो ।