खजुरा महोत्सवमा शनिबार आज चर्चित गायक टंक बुढाथोकी , अशोक दर्जी र एआर आउने।

नेपालगन्ज,माघ,२६-
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा तेस्रो दिन शनिबार आज चर्चित गायक टंक बुढाथोकी , अशोक दर्जी र एआर बुढाथोकी आउने भएका छन।

मौसम प्रतिकुलताका बाबजुत पनि तेस्रो दिन सम्म आइपुगेको महोत्सवमा आज गायक टंक बुढाथोकी, अशोक दर्जी र एआर बुढाथोकी लागाएत अन्य कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन। टंक बुढाथोकि, अशोक दर्जी र एआरले महोत्सवमा आज चर्चित गीत रुपैमोहनी, दुइदुना चार, कसरी कसरी, मन बिनाको धन, चौरिको चाम्रो छुर्पी लगाएतका गीतहरु प्रस्तुत गर्ने छन।

त्यस्तै आज दोस्रो चरणको एकल नृत्य प्रतियोगिता पनि सम्पन्न हुने प्रचारप्रसार उपसमिताका सदस्य खगेन्द्र दाहाल ले बताए।महोत्सवमा आज करिव ५ हजार दर्शकहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ।माघ २४ बाट सुरु भएको महोत्सव फाल्गुन ५ गते सम्म सन्चालन हुनेछ।