तेस्रो तेन्जीन ल्याड्स कप फुटसलको टाई-सिट सार्वजनीक

प्रतीयोगीतामा १६ टिमले सहभागीता जनाउने

फुकुओका,माघ,२६-

जापानको फुकुओकामा फेब्रुअरी १६ तारखि अर्थात फाल्गुन ४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । आयोजक टिम तेन्जीन ल्याड्सले आज एक कार्यक्रमका बिच टाई सिट सार्वजनीक गर्दै तेस्रो तेन्जीन ल्याड्स कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको जानकारी दिएको हो ।

तेन्जीन ल्याड्सले यस भन्दा पहिलेका वर्षमा २ वटा टुर्नामेन्ट सफलता पुर्वक सम्पन्न गरिसकेको छ । सोहि अबसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी आफूहरुले तेस्रो तेन्जीन ल्याड्स कप टुर्नामेन्ट गर्न लागेको आयोजकले बताएको छ  ।

उक्त प्रतीयोगीतामा विजयी हुनेलाई २ लाख २२ हजार २ सय २२ जापानीज एेन सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने दोस्रो हुनेलाई १ लाख ११ हजार १ सय ११ ऐन र ट्रफि मेडल रहेको छ । 

यस्तै प्रतीयोगीताबाट उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किप्परलाइ ट्रफि मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ । खेल शनीबार बिहान १० बजेबाट फुकुओका केनको माचुसिमा खेल मैदानमा संचालन हुनेछ।

शनीबार हुने उक्त प्रतीयोगीतामा १६ वटा टिमले सहभागीता जनाउनेछ । प्रतीयोगीतामा सहभागी हुने टिमहरुलाई ४ वटा ग्रुपमा टिम विभाजन गर्दै टाई-सिट सार्वजनीक गरेको हो । 

१. बिहानी एफ सी

२. फुकुओका ब्रदर्स

३. के आई सी ईगल एफ सी

४. ओहासी एफ सी 

५.तेन्जीन ल्याण्डस (ए)

६. तेन्जीन ल्याण्ड्स (बि)

७. खुकुरी एफ सी 

८. वाजीरो एफ सि (ए)

९. श्री गणेश खुकुरी एफ सी 

१०. वाजीरो एफ सी (बि)

११.ओगोरी एफ सी 

१२. गोकिज ब्वईज एफ सी 

१३. राईनो एफ सी 

१४. क्योदाई सिजुका एफ सी

१५. यूनाईटेड एफ सी (बज्र)

१६. …….टिम…….

आज सार्वजनीक गरिएको टाई- सिट