संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु

काठमाडौं,फागुन,२६-संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७ बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। अपडेट