चर्चित मोडल थापा र शाही खाडी मुलुकमा अलपत्र

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर,१७-
चर्चित मोडल बुद्धबिर थापा र सगुन शाही खाडी मुलुक पुगेर अलपत्र परेका छन् । धन कमाउने सपना बोकेर खाडी मुलुक पसेका मोडल थापा र शाही एकै साथ अलपत्र परेका हुन् । पछिल्लो समय एकै दिनमा हजारौं गीतसंगीतहरु निरन्तर बजारमा आईरहेका छन् ।

यसै क्रममा प्रदेशीएका नेपालीहरुको पिडालाई समेटिएको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । यसै म्युजिक भिडियोमा मोडल दुबै जना खाडी पसे पछि अलपत्र बनेका हुन । किरण संगीत दोहोरी साझको उत्कृष्ट शव्द सिर्जना रहेको यस गितमा प्रेम रावतको शव्द लय सिर्जना रहेको छ ।

(यो भिडीयो पनी हेर्नुहोस् )

किरण संगीत दोहोरी साझ परिवारको संयुक्त प्रस्तुती रहेको यस गीतमा चर्चित गायीका शान्ती श्री परियार र रावतको स्वर रहेको छ । यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल थापा र शाहीको उत्कृष्ट अभिनय रहेको छ ।

पछिल्लो समयकी एक चर्चित महिला निर्देशक बबिता श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन मुकेश हुमागाईको रहेको छ भने भिडियोको सम्पादन अभिनास डिसीले गरेका छन् । पि.एम ईन्टरटेनमेन्टले दृष्य निर्माण यस म्युजिक भिडियो तथा अडियो लाई मुना मदन म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।