एमाले धादिङको अधिवेशनमा कुटाकुट,एकजनाको हातै भाच्चीयो

काठमाडौं,माघ,२१-नेकपा एमाले जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ।कुटाकुटबाट पार्टीका एक जना कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ।

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको हो।त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हात हालाहाल भएको थियो।

एमाले धादिङ जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको हो।शनिबार बन्दसत्रको सुरु भएदेखिनै परिस्थति असहज बनेको थियो।

उता नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताउनु भएको छ।बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति जारी गरेलगत्तै जिल्ला अध्यक्ष त्रिपाठीले पनि विज्ञप्ति निकालेर अधिवेशन स्थगित नभएको बताउनु भएको हो।