पर्यटन पत्रकार संघ बाकेको प्रथम जिल्ला अधिवेशन सम्पन्न

मधुपौडेल,

बाँके,माघ,९ –बाँके जिल्लाको समग्र पर्यटन पर्वद्धन सम्वद्र्धन र विकासकालागि पर्यटन पत्रकारसंग बाकेले तदारुपताका साथ काम गनु पर्नुे कार्यक्रमका सहाभागीहरुले जोड दिएका छन ।समृद्धीका लागि पर्यटन पत्रका अभीयान नेपाल भन्ने मुल नाराका साथ पर्यटन  पत्रकार संघ बाकेको प्रथम जिल्ला अधिवेशनमा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन ।

कर्यक्रमा बोल्दै नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनीराम शर्माले पर्यटकीय क्षेत्रको विकास नभए सम्म देशको विकास नहुने बताउनु भएको थियो ।मध्यपश्चिम पर्यटकीय क्षेत्रका हिसावले धेरै ठुलो संभावना बाके को क्षेत्र भएकाले पर्यटकीय क्षेत्रको विकासका लागि कलम चलाउनु पर्ने पत्रकारको दायीत्व भएको भन्दै पर्यटन पत्रकार बाकेको विश्वास व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा विशिस्ट अतिथी प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले ढिलै भए पनि पर्यटन पत्रकार संघ गठन हुनु बाके जिल्ला विकासको लागि राम्रो भएको कुरा बताउनु भयो ।उहाले जिल्लाका पुरातात्वीक ,धार्मीक ,सांस्कृतिक र पर्यटकीय क्षेत्रहरुको सुक्ष्म तरीकाले अध्यायन ,अनुसन्धान र त्यसको प्रचार प्रसार गर्न सके जिल्लाको विकास निर्माणमा थप टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला विकास समिति बाकेका वरिष्ठ कार्यक्रम अधिकृत सरद पौडेलले पर्यटकीय क्षेत्रको विकासका लागि आफ्नो संस्थाले सक्दो सहयोग गर्ने बताउनु भएको थियो  ।कार्यक्रममा इलाका प्रहरी कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्ले ,  ,कोहलपुर नगर विकास समितिका अध्यक्ष लक्ष्मणराज पौडेल, नेपाल पत्रकार महासंघ बाकेका संस्थापक अध्यक्ष लियाकत अली , पे्रस सेन्टर नेपालका केन्द्रिय अनुसासन आयोगका सदस्य भिम रावत , पे्रस युनियन बाकेका सचिव अर्जुन ओली , नेपाली काग्रेसका जिल्ला कार्य समितिका सदस्य चिन्तामणी धिताल, नेकपा एमालेका

सचिवालय सदस्इ अब्दुल हुसेस खाँ, बाके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका रविन चौधरी , गाभर भ्याली होम स्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरी , नेपालगंज उद्योग बाणिज्य संघ का अध्यक्ष नन्दलाल बैश्य , कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र प्रसाद शर्मा , होटल अर्गनाइजेशन बाके कोहलपुरका अध्यक्ष बलराम भटराई , होटल व्यवसायी संघ बाके पे्रम बहादुर खत्री लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसैविच नेपाल पर्यटन पत्रकार संघ बाकेको प्रथम अधिवेशन ले पत्रकार अमृता के.सी.को अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष कृष्ण ओली ,सचिव मधु पौडेल, सहसचिव केशव राना ,कोषध्यक्षमा निर्मल आर्चाय , र सदस्यहरुमा विमला चौधरी , रुवी साई, संगिन शर्मा, पवित्रा परियार रहनु भएको छ ।