जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली लागी निधन

जसले पेटको रोगबाट पीडित हुँदा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए

फाईल तस्विरमा : आज निधन भएका पूर्व प्रधानमन्त्री सिन्जो आबे !!

टोकियो,जापान,२४-जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।

आज शुक्रबार बिहान साढे ११ बजे तिर गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको हो।जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको जनाएको छ।

एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ ।

नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार बिहान गोली प्रहार भएको थियो। उनलाई छातीमा गोली लागेको थियो।तत्काल एम्बुलेन्समा हालेर लगिएकोको थियो।नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए।एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गए।

जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति नौसेनाको पूर्व सदस्य हुन्

को हुन् शिन्जो आबे !!

पूर्वप्रधानमन्त्री शिन्जो आबे जापानमा सर्वाधिक लामो समय सम्म प्रधानमन्त्री हुनु भएको थियो।उहाँले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हाल्नु भएको थियो।

उहाँले सन् २०२० मा कोरोना महामारीका बेला स्वास्थ्य समस्याको कारण देखाउँदै पदत्याग गर्नु भएको थियो।पछि उहाँले आफू पेटको रोगबाट पीडित भएको बताउनु भएको थियो।

उहाँको राजीनामा पश्चात उहाँकै उत्तराधिकारी बनी योशिहिदे सुगा उहाँको उत्तराधिकारी बनी एक वर्षे प्रधानमन्त्री कार्यकाल गर्नु भएको थियो।त्यसपछि अहिले जापानमा फुमिओ किशिदा जापानको प्रधानमन्त्री हुनुहुन्छ ।

विवादित राष्ट्रवादी

आबे रक्षा र परराष्ट्र मामिलासम्बन्धी आफ्ना कट्टर नीतिहरूका कारण चर्चित थिए। उनले लामो समयदेखि युद्धपछिको जापानले परिकल्पना गरेको शान्तिप्रिय संविधानलाई संशोधन गर्ने प्रयास गरेका थिए।

उनको राष्ट्रवादी धारणाका कारण बारम्बार चीन र दक्षिण कोरियासँग तनाव उत्पन्न भएको थियो।

दोस्रो विश्वयुद्धअघि र युद्धको समयको जापानी सैन्यवादसँग सम्बन्ध भएको टोक्योस्थित यासुकुने स्मारकमा उनले सन् २०१३ मा भ्रमण गरेका थिए।

सन् २०१५ मा उनी सामूहिक प्रतिरक्षाको अधिकारको पक्षमा उभिएका थिए। त्यसले आफ्नो र आक्रमणमा परेका आफ्ना साझेदारहरूको प्रतिरक्षाका लागि जापानी सेनालाई खटाउने बाटो खोलिदिएको थियो।

जापानका छिमेकीहरू र देशभित्रकै नागरिकहरूको विरोधका माझ जापानको संसद्ले उक्त विवादास्पद परिवर्तन स्वीकार गरेको थियो।

जापानको सेनालाई औपचारिक रूपमा मान्यता दिनेगरी संविधानमा परिवर्तन गर्ने उनको बृहत् लक्ष्य पूरा हुन सकेन। अहिले पनि यो जापानमा विवादित विषय मानिन्छ।

कोभिड र अर्थतन्त्र

मौद्रिक सहजीकरण, वित्तीय उत्थान र संरचनागत सुधारमा आधारित उनको आर्थिक नीति “आबेनोमिक्स” का नामले चिनिन्छ।यी कदमहरूले उनको पहिलो कार्यकालमा आर्थिक वृद्धि निम्त्यायो तर दोस्रो कार्यकालमा देखिएका सुस्तताले आबेनोमिक्सको प्रभावकारिताबारे प्रश्न उठ्यो।