आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय

पूर्व प्रधानमन्त्री आबेको शुक्रबार बिहान ११:३० बजे गोली हानी हत्या भएको थियो

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेकाठमाडौं,आषाढ,२५-जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उहाँको निधनप्रति आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

पूर्व प्रधानमन्त्री आबेको शुक्रबार बिहान साढे एघार बजे गोली हानी हत्या भएको थियो।चुनावी सभालाई सम्बोधन गरिरहनु भएको बेला उहाँमाथी गोली प्रहार भएको थियो।गोली लागेर ढलेका उहाँलाई हृदयघात समेत भएको थियो ।

यसैबीच:प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेकपा एसका अध्यक्ष माधब कुमार नेपाल लगायतका नेताहरूले आबेको निधनप्रति शोक व्यक्त गरेका छन् । 

पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ ।मेरो हार्दिक श्रद्धाञ्जली,’ देउवले ट्वीटमा लेख्नु भएको छ, ‘उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो ।यस दु:खद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारजनसँग हाम्रो विचार र प्रार्थना छ ।’

त्यसैगरी :नेकपा (माओवादी केन्द्रका) अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले  आफ्नो अफिसिय फेसबुक पेज मार्फत लेख्नु भन्नु भएको छ, पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बिहान बन्दुकको गोली प्रहारबाट भएको कायरताको आकस्मिक निधनले म  स्तब्ध भएको छु । उहाँले पूर्वप्रधानमन्त्री आबे अर्थशास्त्र र सुरक्षा क्षेत्रको रूपान्तरणमा नयाँ दृष्टिकोणका साथ एसियाली महादेशका प्रेरणादायी नेता हुनुहुन्थ्यौ, उहाँ नेपाल र मेरो पनि एकदमै नजिकको साथी हुनुहुन्थ्यो।यस दु:खद घडीमा उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु साथै शोकसन्तप्त परिवारजन र मित्रजन जापानी जनतामा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

यस्तै: ओलीले पनि आबेको निधनप्रति दुख व्यक्त गर्दै ट्वीट गरेका छन्, ‘पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भर्त्सना गर्दछु । आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँले आफ्नो प्रधानमन्त्री हुँदा नेपाल-जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, यस दु:खद घडीमा उहाँको शोक सन्तप्त परिवारमा मेरो विचार र हार्दिक समवेदना छ ।’

यसैगरी:नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि मित्रराष्ट्र जापानका पूर्वप्रधानमन्त्री एवम् मेरा मित्र महामहिम सिन्जु आवेमाथि चुनावी अभियानका क्रममा गोली प्रहार गरी हत्या गरिएको खबरबाट स्तब्ध भएको आफ्नो अफिसियल फेसबुक पेजमा लेख्नु भएको छ।

साथै उहाँले जापानी जनताबीच लोकप्रिय नेता, अर्थशास्त्र र विकासका ज्ञाता, एसियाली तथा नेपाली जनताका पथप्रदर्शक एवम् परम मित्र आवे प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन सहित जापानी जनतामा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली लागी निधन