सहमति भएपछि क्याम्पसमा लगाईएको ताला खोलियो

नेपालगन्ज,भाद्र ८-
बाँके जिल्लाको नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा विद्यार्थी संघ/संगठनहरुले लगाएको ताला अाज जिल्ला प्रशासन कार्यालयमा भएको वार्ता पश्चात् खोलिएको छ । नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा नेपाल विद्यार्थी संघले पहिले मिति २०७५/०४/३१ मा तालाबन्दी गरेको थियो ।

उक्त तालाबन्दी खोल्न वार्ता तथा छलफल गर्न भनि बोलाएर क्याम्पस प्रशासनले केही मान्छेहरु लगाएर ने-वि-संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कार्यबाहक सभापति चन्द्र प्रकाश देबकोटा र प्रदेश न ५ का सि-टी- भि-टी- संयोजक सुरज थापालाई अाक्रमण गरी घाइते बनाएको थियो ।

उक्त घटना पश्चात क्याम्पसका संस्थापक सदस्य तथा नेपाली कांग्रेसका पूर्व सभाषद माननीय मैकुलाल बाल्मिकी लगायतलाई जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी पिडीत पक्षले गरेका थिए । घाइते चन्द्र प्रकाश देवकोटाले अहिले पनि उपचार गराई रहनु भएको छ । उक्त घटना ने-वि- संघको मात्र नभएको र सम्पूर्ण विद्यार्थी संगठनहरुको भएको भन्दै अरु संगठनहरुले पनि सामूहिक विज्ञप्ति निकाली विरोध गरेका थिए ।

विज्ञप्ति पश्चात् नेपालगन्ज हेल्थ क्याम्पसमा सम्पूर्ण विद्यार्थी संगठनहरुले अनिश्चित कालिन तालाबन्दी लगाएका थिए । जिल्ला प्रशासन कार्यालयको रोहबरमा हिजो वार्ता बसेको थियोे । उक्त वार्ताले मूर्त रुप नपाए पनि अाज बसेको वार्ता सहमतिमा पुगेर सम्पूर्ण अान्दोलनका कार्यक्रमहरु स्थगित गरी क्याम्पसमा लगाएको ताला अाज सम्पूर्ण विद्यार्थी संगठनहरुले खोलेका छन् ।

वार्तामा जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो, जिल्ला प्रहरी प्रमुख, अनेरास्ववियु , अनेरास्ववियु क्रान्तिकारी , ने-वि-संघ, सि-टी-भि-टी, सम्वन्धित क्याम्पसका प्रिन्सिपल , लगायतका व्यक्तिहरुको रोहवरमा छलफल टुंगिएको थियो ।

वार्ता मार्फत सम्वन्धित क्याम्पस प्रशासनले माफी मागेको , माननीय सभाषद मैकुलाल बाल्मिकीले माफी मागेको , परीक्षा फारम भर्न नपाएको बिद्यार्थीलाई पढनको लागि सम्पूर्ण खर्च क्याम्पसले व्यहोर्ने, घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने , क्याम्पस विद्यार्थी मैत्री बनाउने लगाएतका ६ बुँदे सहमति भएको थियोे ।
सहमति यस प्रकार रहेको छ ।