कवड्डी प्रतियोगितालाई भब्य बनाउन नगरपालिकाले सहयोग गर्ने

नेपालगन्ज,चैत्र,०८-
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बर्दियाको बाँसगढी नगरपालिका–४, हाउपुरमा हुने कवड्डी प्रतियोगितालाई भब्य बनाउन नगरपालिकाले सहयोग गर्ने भएको छ ।

आफ्नै नगरपालिकाले भित्र हुने कवड्डी प्रतियोगितालाई भब्य बनाउन नगरपालिकाले विभिन्न सरोकारवाला निकायसँग छलफल गरि विभिन्न उपसमिति समेत गठन गरेको छ ।

शुक्रवार सर्वदलिय भेला डाकेर नगरपालिकाले प्रतियोगितामा सहभागी हुने खेलाडी, ब्यवस्थापक, पाहुना, कोच तथा रेफ्रीको बास तथा खानाको ब्यवस्था मिलाउन र यातायातलाई सहज बनाउन उपसमिति गठन गरिएको नगर प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।

उनले प्रतियोगितालाई लक्षित गरि बाँसगढी नगर क्षेत्रको सफाई गर्न बाँसगढी उद्योग बाणिज्य संघलाई जिम्मेवारी दिएको बताए । उनले स्वागत–सत्कार, झाँकी, यातायात, बास तथा भोजन उपसमिति गठन गरिएको बताए । प्रतियोगितालाई सफल बनाउन सवै किसिमका उपाय अवलम्बन गर्ने भएका छौँ,’ उनले भने ।

बाँसगढी नगरपालिकाले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न विभिन्न उपसमिति बनाएर अभियानमा जुटेको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए । उनले नगर प्रमुखको अग्रसरता लोभ लाग्दो देखिएको बताए ।