बाँकेमा होलीको चहलपहल शुरु

नेपालगन्ज, चैत्र,०४-
असत्य माथि सत्यको विजय उत्सबका रुपमा मनाउने होलि पर्व अाउन दुई दिन बाकी रहदै बाँकेको नेपालगन्जमा चहलपहल शुरु भएको छ ।

नेपालगन्जको त्रिभुवन चोक नजिकै बिच सडकमा होलिको अविर, माला राखेर फुटपाथे पसलहरु सञ्चालन गरिएको छ भने अन्य ठाउँ ठाउँमा पनि अविर लगायतका सामान बिक्री वितरणका लागि राखिएको पाईन्छ । त्यसै गरी विभिन्न संघ संस्थामा काम गर्ने कर्मचारीहरु, कलेज, स्कुलहरुमा पनि एकअापसमा अबिर लगाएर शिक्षक तथा बिद्यार्थीहरुले शुभकामना अादान प्रदान गर्न शुरु गरि सकेका छन् ।

होलि पर्वमा धेरै दुर्घटना हुने हुदा पुलिस प्रशासनले पनि गस्ती लगायत निगरानी बढाएका जिल्ला प्रहरी कार्यालयले बताएको छ । सरकारले होलि पर्वमा पहाडमा चैत्र ६ गते र तराईमा ७ गते सार्वजनिक विदा दिएको छ ।