निर्वाचनका लागि ओखलढुंगामा १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएयो

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर ५-

संघिय प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागी ओखलढुंगामा सुरक्षाकर्मी खटाईएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएको हो । खटाइएका सुरक्षाकर्मीमा २ सय १६ शसस्त्र प्रहरी, ५ सय ५९ नेपाल प्रहरी, ५ सय ३७ म्यादी प्रहरी खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी दिनुभयो ।

आवश्यक परेको खण्डमा नेपाली सेनालाई पनि तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले बताउनु भयो ।
ओखलढुंगा जिल्लामा एक नगरपालिका सहित सात वटा गाउँपालिकामा एक सय ४१ मतदान केन्द्र मार्फत १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्दैछन् ।