मिलन मगरको नेतृत्वमा नेपाल मगर संघ बारा काठमाडौं सम्पर्क समिती गठन

काठमाण्डौं,भाद्र,१-

नेपाल मगर संघ काठमाडौं बारा सम्पर्क समिती गठन भएको छ ।शनीबार मिलन मगरको नेतृत्वमा  काठमाण्डौं बारा सम्पर्क समिती गठन भएको हो । २ नम्बर प्रदेशको आठओटा जिल्लाको सम्पर्क समिती सबै जिल्लामा गठन भएपनी बारा सम्पर्क समितिको भने पहिलोपल्ट अधिबेशन आयोजक समिती गठन गरिएको हो ।

शनीबार गठन भएको समितीको बैठक नेपाल मगर संघ २ नम्बर प्रदेश सम्पर्क समन्य समितिको उपाध्याक्षको अध्यक्षतामा बैठक सम्पन्न भयको थियो, भने प्रमुख अतिथी नेपाल मगर संघका केन्द्रिय उपाअध्यक्ष कमल पिठाकोटे थापा मगर थियो।बैठकले काठमाडौं बारा सम्पर्क समितीको प्रथम अधिबेसन यही भाद्र ७ गते शनिबार गर्ने भएको छ  ।

उक्त अधिबेशनको तयारीका लागी संयोजकमा खेम कुमार मगर र सह-सयोजकमा दिल कुमारी जर्घा मगर लाई जिम्मा दिईएको छ ।  अधिवेशनको लागि उम्मेदवारि सुल्क अध्यक्षको लागि १५००, उपादक्ष्य, सचिब, कोसादक्ष्यको लागि १०००, सह-सचिब र सह-कोसादक्ष्यको लागि ५०० र सदस्यको लागि २०० उम्मेदवारि सुल्क लाग्नेछ ।

बैठक काठमाण्डौं स्थित बायोनिक्स कन्सल्टेन्सी प्रालीमा सम्पन्न भएको थियो । अधिबेशनमा मगर समुदायको ड्रेस सहित उपस्थित हुन अधिबेशन तयारी संयोजक खेम कुमार मगरले सबैलाई आह्वान गर्नुभएको छ  ।