नियमित पठन पाठन नभएको भन्दै विद्यार्थी संगठनले बुझाए ज्ञापन पत्र

के-पी-घिमिरे/
नेपालगन्ज,बैशाख,२४-
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नियमित पठन पाठन नभएको भन्दै तीन विद्यार्थी संगठनहरुले आज क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझएका छन ।

आँशिक प्राध्यापकहरुले पटक पटक आफ्ना मागहरु पूरा गर्नु पर्ने भन्दै क्याम्पसमा गर्ने गरेको आन्दोलनका कारण क्याम्पसमा पढ्ने थुप्रै विध्यार्थीहरुको पढाईमा खेलवाड गरेको भन्दै अ-ने-रा -स्व – व्यु- , ने – बि – संघ , अ -ने -रा -स्व – व्यू – क्रान्तिकारीले संयुक्त विज्ञप्ती निकालेका छन् ।

यदि हाम्रो मागलाई वेवास्ता गरे चरण बद्द आन्दोलनका कार्यक्रम ल्याउने कुरा ने- वि -संघ -का कार्यवाहक सभापति चन्द्र प्रकाश देवकोटाले बताएका थिए ।